दाङ- प्रहरी हिरासतमा रहेका श्रीमान्लाई भेट्न गएकी श्रीमती लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेकी छन्। घोराही उपमहानगरपालिका १५ की २६ वर्षकी शान्ति खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोमबार जिल्ला प्रहरी कार्यालय दाङको हिरासत कक्षमा लागूऔषध मुद्दा चलेर थुनामा रहेका २२ वर्षका अशोक खड्कालाई भेट्न पुगेकी शान्तिको साथबाट पाँच पुरिया (१२० मिलिग्राम) ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए।
शान्तिले श्रीमान्लाई दिन भनी ल्याएको फलफूल जाँच गर्ने क्रममा लागूऔषध फेला परेको हो। अशोक केही दिनअघि मात्र लागूऔषधसहित पक्राउ परेका थिए।