बिहीबार, असार ११, २०८३

जुम्ला र जोमसोमको न्यूनतम तापक्रम माइनसमा

काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमवि हिरा भट्टराईका अनुसार देशभरको तापक्रम घट्ने क्रममा छ।
 |  मंगलबार, मंसिर २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २७, २०७९

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ।  मौसम पूर्वानुमान महाशाखाकी मौसमवि हिरा भट्टराईका अनुसार देशभरको तापक्रम घट्ने क्रममा छ।

National life

हाल पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ। तर, मध्यान्हपछि क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस हुन थालेको छ। सोमबार (हिजो) यो वर्षकै सोमबारसम्म सबैभन्दा कम तापक्रम थियो। सोमबार बिहान पौने ९ बजेको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको थियो। 

आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहेको छ। यस्तै अधिकतम तापक्रम १९ डिग्रीको अनुमान गरिएको छ।

हाल सबैभन्दा कम तापक्रम जोमसोममा माइनस ४.५, जुम्लामा माइनस ३, र जिरिमा ०.५ रहेको छ।

Shivam cement

तराईमा तीन/चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो। हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। 

आज प्रदेश एक, गण्डकी र कर्णालीका केही पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने अनुमान छ। पछिल्लो केही समय यता उल्लेखनीय मौसमी प्रणाली नहुँदा वर्षा र हिमपात हुन सकेको छैन। आज पनि देशका कुनै पनि भू–भागमा हिमपात र वर्षाको सम्भावना रहेको छैन। 

यद्यपि, चिसो भने बढ्दै गइरहेको छ। तराईका केही भू–भागमा बिहान हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जानेक्रम रहेको छ। त्यसैले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागको अनुरोध छ।

यसैबीच, आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ।   

आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: Dec 13, 2022| 07:15 मंगलबार, मंसिर २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।