काठमाडौं- देशभर चिसो भने बढ्दै गइरहेको छ। न्यूनतम तापक्रम घट्दै गएसँगै चिसो बढ्दै गएको हो।
आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस रहको छ। पौने ९ बजे अझै चिसो बढेर तापक्रम घट्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।
यसैबीच, आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ।
आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।