बिहीबार, असार ११, २०८३

युवा कवि निर्भीकको एकल वाचन सम्पन्न

उद्गार साहित्य प्रतिष्ठानको आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थियटरमा उनको एकल वाचन सम्पन्न भएको हो।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- युवा कवि निर्भीकजंग रायमाझीको एकल बाचन सम्पन्न भएको छ। उद्गार साहित्य प्रतिष्ठानको आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थियटरमा उनको एकल वाचन सम्पन्न भएको हो।

National life

८ वर्षदेखि काठमाडौंमा रहेर साहित्य केन्द्रित गतिविधि गरिरहेका उनलाई सुन्न करिब २०० स्रोता कार्यक्रममा उपस्थित भएका थिए। कार्यक्रमको सुरुमा कवि विप्लव प्रतीकले निर्भीक कविता क्षेत्रमा अथाह सम्भावना भएको व्यक्तिको रुपमा चर्चा गरेका थिए। लामो समयदेखि काठमाडौंमा नजिकबाट निर्भीकलाई जानेको उल्लेख गर्दै उनले काव्यजगतमा चम्किलो नक्षत्रको रुपमा निर्भीकलाई हेरेको बताए। 'युवाहरूमा भावना बग्छ भनिन्छ, तर भावनाबाटै राम्रो कवि जन्मिन्छ जो निर्भीकमा पाउँछु म,' उनले भने।

यसैगरी निर्भीकको चटारो शीर्षकको कविता बाचन गर्दै निर्भीकका कविता लामो समय जीवित रहने कवि श्रवण मुकारुङले बताए। आफूले उक्त कविता समयसमयमा पढ्ने गरेको बताउँदै उनले निर्भीकका कविता सदाबहार पढिने बताए। 'वर्तमान समयमा युवाकविमा निर्भीक बलियो हस्तक्षेप गर्ने स्रष्टा हो,' उनले भने।

यसैगरी अन्तिममा वरिष्ठ कवि तुलसी दिवसले एकभन्दा बढी पुस्तालाई जोड्ने क्षमता कविमा हुने, जुन निर्भीकका कवितामा आफूले पाएको बताए। निर्भीकका कवितामा परिपक्वता हुने गरेको भनाइ उनको थियो।

यस्तै कवि रीमा केसी पनि निर्भीकको कविता बाचन गरेको उक्त कार्यक्रमको सञ्चालन उद्गार साहित्य प्रतिष्ठानका अध्यक्ष एवं कवि हेमन्त शिशिरले गरेका थिए।

Shivam cement

प्रेम, राजनीति, सामाजिक विभेद आदि विषयमा कलम चलाउने उनले कार्यक्रममा आँखिझ्याल, बतासको लय, मेरो टोपी कैलाशको शिरजस्तो छैन, खिर खानेदिन लगायत एक दर्जन कविता सुनाएका थिए।

प्रकाशित: Dec 12, 2022| 18:34 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।