शुक्रबार, फागुन २९, २०८२

इस्लिङ्टन कलेजका विद्यार्थी दीक्षित

कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। 

National life

समारोहमा स्नातक तहअन्तर्गत विशेषज्ञताहरू बीएस्सी (अनर्स) कम्प्युटिङ, बीएस्सी (अनर्स) कम्प्युटर नेटवर्किङ एन्ड आईटी सेक्युरिटी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेसन एन्ड बीएस्सी (अनर्स) मल्टी मिडिया टेक्नोलोजिजका ८ सय ५७ जना विद्यार्थी दीक्षित भएका छन्।

त्यस्तै, समारोहमा स्नातकोत्तर तहअन्तर्गत एमएस्सी आईटी एन्ड एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका छन्। त्यसैगरी, बिजनेस विषयमा स्नातक तह पास गर्ने ९४ र आईटी तह पूरा गर्ने ८३५ जना विद्यार्थी गरी जम्मा ९२९ जना विद्यार्थी दीक्षित भएका छन्।

कलेजले शनिबार र आइतबारका दिन दीक्षान्त समारोह आयोजना गरेको थियो। समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ। दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति एकेडेमिक–प्रोफेसर जुली हलले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 12, 2022| 16:58 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्