शुक्रबार, फागुन २९, २०८२

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि मार्गचित्र तयार

आज देशभर ‘हामीले चाहेको विश्वको आवश्यकता, सबैका लागि स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुऱ्याउनका लागि मार्गचित्र तयार पारिरहेको छ।  स्वास्थ्य सेवा विभागले ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले स्वास्थ्य क्षेत्रमा रहेको असमानतालाई हटाई सबै नागरिकमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि मार्गचित्र तयार पारिरहेको जानकारी दिए। 

National life

उनले स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउनका लागि गहन, सहज र पारदर्शीरुपले स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले स्वास्थ्य सेवा नपुगेका दूरदराज ठाउँका सर्वसाधारणलाई सेवाको पहुँच पुर्‍याउन सरकार लागिपरेको बताए। उनले संविधानले व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनेतर्फ सरकार केन्द्रित भएको बताए। कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले पहल गरेको बताए।

उनले बहुपक्षीय सहकार्यमार्फत् पनि आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने, स्वास्थ्य सेवा प्रदायकको कार्यसम्पादन प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाको समयानुकूल क्षमता अभिवृद्धि गर्ने, विशेषज्ञ एवं विशिष्टीकृत सेवा विकास तथा विस्तार गर्ने, नागरिकको आवश्यकता र क्षमतालाई आधार मानी स्वास्थ्य बीमा कार्यक्रम परिमार्जन गर्ने बताए। 

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले सबैलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गरिने बताए। उनले अझै पनि स्वास्थ्य बीमा कार्यक्रमभन्दा बाहिर रहेका सर्वसाधारणलाई बीमा कार्यक्रममा समेटी स्वास्थ्य सेवालाई निःशुल्क बनाइने बताए। उनका अनुसार अहिले ६१ लाख ७८ हजार एक सय ४० जना स्वास्थ्य बीमामा आबद्ध छन्। 

विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा अनुप बाँस्तोलाले सबैमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले आधारभूत स्वास्थ्य सेवा केन्द्र, आधारभूत अस्पताल, सातवटै प्रदेशमा विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक अस्पताल र बीमा कार्यक्रम र विपन्न नागरिकका लागि जटिल प्रकारका नसर्ने रोगको उपचार कार्यक्रम विशेषज्ञ एवं विशिष्टीकृत सेवाको विकास र विस्तार गर्दै आएको जानकारी दिए। 

Laxmi sunrise bank
kumari

उनले सेवा नपुगेका दूरदराजमा टेलिमेडिसिनजस्ता प्रविधिमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालन गरेको बताए। आज देशभर ‘हामीले चाहेको विश्वको आवश्यकता, सबैका लागि स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ।

प्रकाशित: Dec 12, 2022| 21:00 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्