शुक्रबार, फागुन २९, २०८२

महोत्तरीको मनरासिस्वामा संस्कृत शिक्षा अनिवार्य

नगरभित्र माध्यमिक तथा आधारभूत विद्यालय गरी २३ सामुदायिक विद्यालयमा चालू शैक्षिक सत्रदेखि पढाउन थालियो संस्कृत।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

जलेश्वर–महोत्तरीको मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको छ। 

National life

नगर प्रमुख मोहन पाण्डेले आधुनिकताको नाममा पश्चिमा सभ्यता र शैली हाबी हुँदै गएकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि संस्कृत शिक्षा लागू गरेको बताए। 

नगरभित्र माध्यमिक तथा आधारभूत विद्यालय गरी जम्मा २३ सामुदायिक विद्यालय रहेकामा प्रत्येक विद्यालयमा चालु शैक्षिक सत्रदेखि नै संस्कृत शिक्षा लागू गरिएको प्रमुख पाण्डेले जानकारी दिए। उनले २३ वटै विद्यालयका कक्षा १ देखि ८ सम्मका सम्पूर्ण विद्यार्थीले अनिवार्य रुपमा संस्कृत शिक्षा हासिल गर्नुपर्ने गरी प्रत्येक विद्यालयमा संस्कृत शिक्षा लागू गरिएको बताए।

नगरभित्रका विद्यालयमा संस्कृत शिक्षा प्रदान गर्न यस विषयका २३ जना शिक्षक नियुक्त गरिएको र उनीरुरूले नियमित रुपमा सबै विद्यालयमा संस्कृत विषयको पठनपाठन गराइराखेको प्रमुख पाण्डेको भनाइ छ। यस पालिकामा सुरु गरिएको संस्कृत विषयको पठनपाठनबाट आगामी दिनमा यस संस्कृत  विषयका जनशक्ति उत्पादन हुने प्रमुख पाण्डेले विश्वास व्यक्त गरे।–रासस

प्रकाशित: Dec 12, 2022| 17:55 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्