शुक्रबार, वैशाख २५, २०८३

छुट्टाछुट्टै ठाउँमा तीन जनाको शव फेला

कास्की, पर्वत र भक्तपुरमा गरी सोमबार तीन जनाको शव फेला परेको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- कास्की, पर्वत र भक्तपुरमा गरी सोमबार तीन जनाक शव फेला परेको छ।

National life

कास्की, पोखरा महानगरपालिका-१३ स्थित विजयपुर खोलाको बगरमा सोही महानगरपालिका कञ्चनटोल बस्ने ४५ वर्षीया मन कुमारी केसी आइतबार मृत अवस्थामा फेला परेकी छन्।

त्यसैगरी, पर्वत, जलजला गाउँपालिका-२ आरू बोटस्थित बारीमा सोही गाउँपालिका-५ लेखफाँट बस्ने ६४ वर्षीय दल बहादुर जिसी आइतबार मृत अवस्थामा फेला परेका छन्। 

त्यस्तै, भक्तपुर, भक्तपुर नगरपालिका-६ स्थित ढुंगेधारामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Dec 12, 2022| 19:45 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।