काठमाडौं- कास्की, पर्वत र भक्तपुरमा गरी सोमबार तीन जनाक शव फेला परेको छ।
कास्की, पोखरा महानगरपालिका-१३ स्थित विजयपुर खोलाको बगरमा सोही महानगरपालिका कञ्चनटोल बस्ने ४५ वर्षीया मन कुमारी केसी आइतबार मृत अवस्थामा फेला परेकी छन्।
त्यसैगरी, पर्वत, जलजला गाउँपालिका-२ आरू बोटस्थित बारीमा सोही गाउँपालिका-५ लेखफाँट बस्ने ६४ वर्षीय दल बहादुर जिसी आइतबार मृत अवस्थामा फेला परेका छन्।
त्यस्तै, भक्तपुर, भक्तपुर नगरपालिका-६ स्थित ढुंगेधारामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।