काठमाडौं- तार्केश्वर नगरपालिका-३ तिनपिप्लेमा बाग्मती प्रदेश ०२-०२५ प ६१८९ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा सोही नगरपालिका-३ पाँचमाने घर भएका २३ वर्षीय सबिन फुयालको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल सामाखुसीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।