धनुषा- बटेश्वर गाउँपालिका-५ शान्तिपुर बस्ने २८ वर्षीया रिता देवी भन्ने अमृता देवी यादवको धारिलो हतियार प्रहारबाट सोमबार बिहान मृत्यु भएको छ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी उनको काव्य अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरीले हाल फरार घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।