बिहीबार, जेठ २८, २०८३

तोलामा तीन सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला तीन सयले रुपैयाँले घटेको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला तीन सयले रुपैयाँले घटेको छ। आज नेपाली बजारमा सुन प्रतितोला एक लाख दुई सयमा कारोबार भइरहेको छ।

National life

अघिल्लो दिन सुन प्रतितोला एक लाख पाँच सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार सात सय छ। यसको मूल्य अघिल्लो दिन एक लाख थियो। 

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० ले घटेर एक हजार तीन सय ९० मा आएको महासङ्घले जनाएको छ। 

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।

प्रकाशित: Dec 12, 2022| 13:10 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्