बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ४४ कम्पनीले दिए विद्युत् आयोजना निर्माण अनुमति आवेदन

४४ कम्पनीले दिए विद्युत् आयोजना निर्माण अनुमति आवेदन

विद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स लिएको पाँच वर्षभित्र निर्माण अनुमतिका लागि आवेदन दिइसकेको हुनुपर्छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं– चालू आर्थिक वर्षमा ४४ वटा जलविद्युत् आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान)ले विवरण सार्वजनिक गरेको छ।

National life

निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा निवेदन दिएका ९५ मध्ये ४४ आयोजनाले निर्माण अनुमतिका लागि आवेदन दिएका हुन्। 

७ हजार १५८ मेगावाट क्षमताका ती आयोजनामध्ये चालू आर्थिक वर्षमा मात्रै १ हजार ८६६.२ मेगावाट क्षमताका आयोजनाका प्रवद्र्धकले अध्ययन सकेर आवदेन दिएका हुन्।

इप्पानका सदस्य प्रकाश दुलालका अनुसार लाइसेन्सको अवधि गुज्रने खतराले यो वर्ष निर्माण लाइसेन्सको आवेदन बढेको हो। उनले भने, ‘लाइसेन्स खारेज हुनबाट जोगिन आवेदन गरिएको हो। विद्युत् खरिद बिक्री सम्झौताको टुंगो नलागे पनि अध्ययन तथा अन्य कार्यमा खर्च भइसकेका आयोजना जोगाउनुपर्ने बाध्यता हाम्रो छ।’ 

आवेदन दिनेमा सबैभन्दा ठूलो आयोजना टीबीआई होल्डिङ्स प्रवद्र्धक रहेको ६०० मेगावाटको तामाकोसी–३ रहेको छ। दोलखा र रामेछापमा बनाउने प्रस्ताव गरिएको यो आयोजना निर्माणका लागि गत असोजमा विभागमा आवदेन परेको हो। 

Shivam cement

ठूलो क्षमताको प्रस्तावित आयोजनामा बुटवल पावर कम्पनीको मुगु कर्णाली जलविद्युत् आयोजना पनि छ। बीपीसीले २ मंसिरमा १५९ मेगावाटको सो आयोजना निर्माणका लागि आवेदन दिएको हो।

विद्युत् प्राधिकरणले प्रस्ताव गरेको रुपा–वेगनास जलाशययुक्त आयोजना पनि छ। प्राधिकरणले सो आयोजनाबाट १५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। ९१ मेगावाटको बूढीगण्डकी नदी आयोजना निर्माणका लागि सूर्य इनर्जी प्रालिले असोजमै आवेदन दिएको छ।

विद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स लिएको पाँच वर्षभित्र निर्माण अनुमतिका लागि आवेदन दिइसकेको हुनुपर्छ। विभागबाट सर्वेक्षण अनुमति लिएपछि सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन उद्योग दर्ता र कनेक्सन एग्रिमेन्ट लिनुपर्छ। 

भारतको खुला बजारमा विद्युत् निर्यात हुन थालेको र निजी क्षेत्रले पनि निर्यात व्यापार गर्न पाउने सरकारी आश्वासनका कारण पछिल्लो समय निजी क्षेत्रले विद्युत् उत्पादनमा चासो बढाउँदै लगेका हुन्।

प्रकाशित: Dec 12, 2022| 12:02 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्