सोमबार, वैशाख २८, २०८३

खुल्यो कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम

बोर्डले शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीका लागि १५ पुसभित्र कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुलाएको हो।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

National life

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुलाएको छ। शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीका लागि १५ पुसभित्र विलम्ब शुल्करहित र पुस मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले बताएको छ। 

१५ पुसभित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्नेछ। पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचनाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १.६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्नेछ। 

त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित एसईई ग्रेडसिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ। कक्षा ११ को नयाँ पाठ्यक्रमअनुसारको विषय समूह र विषय कोडअनुरूप एक समूहबाट एक विषय मात्र अध्ययन गर्ने गरी फारम भर्ने व्यवस्था छ।

प्रकाशित: Dec 12, 2022| 10:56 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्