बिहीबार, जेठ २८, २०८३

ट्वीटरको ब्लु टिक वितरण आजबाट सुरु

माइक्रोब्लगिङ साइट ट्वीटरले 'ब्लु सब्स्क्रिप्सन' फिचर आजबाट पुन: सुरु भएको छ। एलन मस्कले ट्वीटरको ब्लु सब्स्क्रिप्सनलाई सशुल्क बनाए पछि विवादमा आएको फिचरको सब्स्क्रिप्सन फिचर आजबाट पुन: सुरु भएको हो।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- माइक्रोब्लगिङ साइट ट्वीटरले 'ब्लु सब्स्क्रिप्सन' फिचर आजबाट पुन: सुरु भएको छ। एलन मस्कले ट्वीटरको ब्लु सब्स्क्रिप्सनलाई सशुल्क बनाए पछि विवादमा आएको फिचरको सब्स्क्रिप्सन फिचर आजबाट पुन: सुरु भएको हो।

National life

गत नोभेम्बर ११ बाट कम्पनीले उक्त फिचर बन्द गरिएको थियो । एक महिनापछि केही नियमहरू परिमार्जन गर्दै आजबाट यो फिचर पुन: सुरु गरिएको हो। 

कम्पनीका अनुसार वेबसाइटबाट ब्लु सब्स्क्रिप्सन सेवा लिने ग्राहकले ८ डलर (करिब एक हजार ५० रुपैयाँ) तिर्नुपर्नेछ भने आईफोन प्रयोगकर्ताले ११ डलर (करिब एक हजार चार सय ४४ रुपैयाँ) तिर्नुपर्ने हुन्छ। एप्पलले कुनै पनि एप इन-एप पर्चेज मोडलमा गइसकेपछि आम्दानी ३० प्रतिशत रकम कटौती गर्ने गर्छ। त्यसैलाई पूर्ति गर्न कम्पनीले आईफोन प्रयोगकर्ताका लागि थप शुल्क राखेको हो।

नामका पछाडि ब्लुटिक पाउन चाहने जोकोहीले सबैभन्दा पहिले आफ्नो फोन नम्बर राख्नुपर्ने नियमलाइ अनिवार्य गरिएको छ। ब्लुटिक पाइसकेपछि प्रोफाइल फोटो वा ह्याण्डल परिवर्तन गर्ने ग्राहकको अकाउन्टबाट भने ब्लुटिक हट्ने व्यवस्था छ। 

कम्पनीका अनुसार यो सेवा लिने ग्राहकले ब्लु टिक मार्क सहित ट्वीट एडिट गर्न मिल्ने फिचर, १०८० पिक्सेलका भिडिओ अपलोड गर्ने सुविधा, रिडर मोड लगायतका फिचरमा एक्सेस पाउनेछन्। 

Shivam cement

प्रकाशित: Dec 12, 2022| 09:25 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्