बिहीबार, जेठ २८, २०८३

घट्दै अलैंचीको मूल्य

एक साताअघिसम्म झापाको बिर्तामोडमा प्रतिमन २६ हजारका दरले अलैंची कारोबार भएकामा अहिले २४ हजारमा झरेको हो।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

ताप्लेजुङ– ताप्लेजुङमा अलैंचीको मूल्यमा गिरावट आएको छ। एक साताअघिसम्म झापाको बिर्तामोडमा प्रतिमन २६ हजारका दरले अलैंची कारोबार भएकामा अहिले २४ हजारमा झरेको हो।

National life

यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो। क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैंची व्यवसायीले बताएका छन्। यो वर्ष अलैंचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैँची व्यवसायी नरेन्द्र तिवारीको भनाइ छ।

पछिल्लो समय अलैंची उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य नबढेको उनको तर्क छ। उनले यस वर्ष झन्डै ४०० मन अलैंची जम्मा गरेका छ। यसमध्ये आधाजसो २९ हजारका दरले किसानबाट लिइसकेका छन्। बजार र मूल्य नभएपछि सबै अलैंची गोदाममै थन्क्याएर राखेको उनले बताए।

किसानले समेत मूल्य पर्खिएर बसेका छन्। आफूले उत्पादन गरेको अलैंची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन्। मूल्य तलमाथि भइरहने भएकाले अन्योल हुने गरेको सिरीजंगा–७ खेवाङका किसान राजकुमार भट्टराईले बताए।

अलैंचीको बजारका लागि भारतकै भर पर्नुपर्ने भएकाले ठूला व्यापारी पनि समस्यामा परेका छन्। गत वर्ष प्रतिमन ४८ हजारका दरले समेत कारोबार भएको थियो। त्यसयता क्रमिक रुपमा मूल्य घट्दै गइरहेको व्यवसायीले बताए।–रासस

Shivam cement

प्रकाशित: Dec 10, 2022| 17:40 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्