बिहीबार, जेठ २८, २०८३

सिटी एक्सप्रेसको उपहार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण गरेको छ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाको उपहार हस्तान्तरण गरेको छ।

National life

दशैं-तिहारको अवसरमा कम्पनीले ल्याएको योजनाको मेगा बम्पर उपहार साउदी अरबबाट रेमिटेन्स पठाउने जीवन रायमाझीले जितेका छन्। उनले पाँच तोला सुन उपहार पाए।

त्यसै गरी, बेलायतबाट रेमिटेन्स पठाउने नुना गुरुङ र कोरियाबाट रेमिटेन्स पठाउने रीनाकुमारी तामाङले एक-एक तोला सुन जितेका छन्। उपहार योजना अन्तर्गत मलेशियाबाट रेमिटेन्स पठाउने पुरण रोका र जापानबाट रेमिटेन्स पठाउने रवीन्द्र मानन्धर, कुवेतबाट रेमिटेन्स पठाउने सुनीता दराईले १०-१० तोला चाँदी पाएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको साझेदार साउदी अरबस्थित टेलिमनी ब्यांकका प्रमुख खालेद अल ब्राहिम, नायिका पूजा शर्मा, नेपाल इन्भेस्टमेन्ट ब्यांकका उपमहाप्रबन्धक विजेन्द्र सुवालको उपस्थितिमा उपहार हस्तान्तरण गरिएको हो।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले भदौ १५ गते दशैं, तिहार र छठलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो। यो योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महीना एक जनालाई एक तोला सुन, हरेक हप्ता एक जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट ह्याम्परका साथै अन्त्यमा एक जना भाग्यशाली मेगा बम्पर विजेतालाई पाँच तोला सुन उपहार प्रदान गरिएको हो।

Shivam cement

योजना अन्तर्गत एक हजार आठ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर), नौ जनाले साप्ताहिक उपहार (१०-१० तोला चाँंदी) र दुई जनाले मासिक उपहार (एक-एक तोला सुन) जित्न सफल भएका छन्। सिटी एक्सप्रेसले गत १६ वर्षदेखि विश्वका विभिन्न मुलकबाट रेमिटेन्स सेवा दिंदै आएको छ।a

प्रकाशित: Dec 10, 2022| 15:30 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्