बिहीबार, जेठ २८, २०८३

सानिमा बैंकद्वारा वार्षिकोत्सवमा विविध कार्यक्रम

सानिमा बैंकले आज बुधबार विविध कार्यक्रमहरु आयोजना गरी आफ्नो १८ औँ वार्षिकोत्सव मनाएको छ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं- सानिमा बैंकले आज बुधबार विविध कार्यक्रमहरु आयोजना गरी आफ्नो १८ औँ वार्षिकोत्सव मनाएको छ।

National life

यसै अवसरमा केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले अनवरत रुपमा १० वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई सम्मानपत्र प्रदान गरेका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकका रुपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गर्दै बैंकलाई सफल बनाउन सहयोग गर्ने बैंकका संचालक समिति, व्यवस्थापन समूहलगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालामा कृतज्ञता व्यक्त गरे। 

यसका साथै आगामी दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने पाण्डेले जानकारी गराए। उक्त कार्यले कर्मचारीहरुको वृत्ति विकास भई गुणस्तरीय कार्यसम्पादन मार्फत ग्राहक सेवामा थप सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। 

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाण्डौमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल तीनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा बैंकका कर्मचारी तथा  अन्य स्थानीय रक्तदाताहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ। 

Shivam cement

त्यसैगरी आगामी पुस ९ गतेसम्म देशका सातैवटा प्रदेशमा रहेका शाखाहरुमार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाइएको छ। सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। 

बैंकले वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नवीनतम प्रविधिको प्रयोग गरी आफ्नो वेवसाइटलाई थप सुविधा सहित परिष्कृत रुपमा सञ्चालनमा ल्याएको छ। उक्त वेबसाइटमार्फत विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो शेयरको आवेदन दिन सकिनेछ। 

यसका साथै विदेशमा बस्ने नेपालीहरुले ई–केवाईसी तथा भीकेवाईसीबाट खाता अद्यावधिक गर्ने सुविधा पनि लिन सक्नेछन्। सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालय र १२३ वटा एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन्। 

प्रकाशित: Dec 10, 2022| 15:29 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्