बिहीबार, जेठ २८, २०८३

सानिमाको मोबाइल बैंकिङ योजना

सानिमा बैंकले १८ औं वार्षिकोत्सवका अवसरमा एफवान सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९
National life
Shivam cement

काठमाडौं- सानिमा बैंकले १८ औं वार्षिकोत्सवका अवसरमा एफवान सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन्। भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ। उक्त कारोबारहरु २०० भन्दा बढि र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ।

ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन्। यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुनेछ। योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग मार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने छ।


प्रकाशित: Dec 10, 2022| 15:26 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्