बिहीबार, जेठ २८, २०८३

नेपाल रेमिटको सीईओमा सागर खनाल नियुक्त

खनालसँग बिजनेस, रणनीति र योजना तथा मार्केटिङ र व्यवस्थापनका साथै रेमिट्यान्स क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९

काठमाडौं– नेपाल रेमिट इन्टरनेसनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्ट सागर खनाल नियुक्त भएका छन्। २९ वर्षीय खनालसँग बिजनेस, रणनीति र योजना तथा मार्केटिङ र व्यवस्थापनका साथै रेमिट्यान्स क्षेत्रमा ७ वर्षभन्दा बढी समयको अनुभव छ।

National life

कम्पनीका अध्यक्ष रितश मित्तलले खनालको नेतृत्वमा संस्था अझ बलियो हुने विश्वास व्यक्त गरिन्। १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको कम्पनीले डिजिटलमा जोड दिँदै विश्वका विभिन्न विभिन्न देशबाट विप्रेषण भित्र्याउँदै आएको छ। 

नवनियुक्त सीईओ खनालले सस्तो, भरपर्दो र रियल टाइम सेवाका लागि डिजिटल रेमिट्यान्सलाई प्राथमिकतामा राखेर सेवाग्राहीलाई अत्याधुनिक सुविधा उपलब्ध गराइने बताए। 

कम्पनीले नेपालका सबै बैंक खातामा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आएको छ। विभिन्न वालेट कम्पनीसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स भित्रउँदै आएको छ। कम्पनीले हाल देशभर  १० हजार बढी एजेन्ट नेटवर्कबाट सेवा दिँदै आएको छ।

प्रकाशित: Dec 10, 2022| 11:47 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्