बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सम्पत्ति शुद्धीकरण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना गर्दै राष्ट्र बैंक

सम्पत्ति शुद्धीकरण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना गर्दै राष्ट्र बैंक

महाशाखाले अब सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा भए÷गरेका तथा सम्भावित वित्तीय लगानीको अध्ययन, निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ।
 |  शनिबार, मंसिर २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २४, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न छुट्टै महाशाखा स्थापना गर्ने भएको छ। राष्ट्र बैंकले आगामी १ पुसदेखि छुट्टै महाशाखा स्थापना गर्ने भएको हो। 

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा (मनी लन्ड्रिङ प्रिभेन्सन सुपरिभिजन डिभिजन) स्थापना गर्ने निर्णय भएको बताएको छ। 

महाशाखाले अब सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा भए÷गरेका तथा सम्भावित वित्तीय लगानीको अध्ययन, निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ। यसअघि गोएमएलमार्फत राष्ट्र बैंकले यस्ता गतिविधिको अध्ययन गर्दै आएको थियो।

प्रकाशित: Dec 10, 2022| 11:32 शनिबार, मंसिर २४, २०७९
प्रतिक्रिया दिनुहोस्