बिहीबार, जेठ २८, २०८३

साइमेक्स इंक–नबिल बैंक सहकार्य

सम्झौताअनुसार बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउनेछन्।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– नेपालका लागि बीवाइडी अटो इन्डस्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंकले विद्युतीय कार किन्ने ग्राहकलाई लक्षित गरी बैंकिङ सुविधा उपलब्ध गराउन नबिल बैंकसँग सम्झौता गरेको छ। 

National life

सम्झौताअनुसार बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउनेछन्। सम्झौताअनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रवाह गर्नेछ।

राष्ट्र बैंकले विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेकाले बैंकले पनि सोहीअनुसार ८० प्रतिशतसम्म कर्जा दिनेछ। बीवाइडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि फाइनान्स सुविधा पाउने छन् ।

साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू ई–६ ईभी नेपालमा विक्री गर्दै आएको छ। अल न्यू इ–६ नेपालमा उपलब्ध इलेक्ट्रिक भेहिकल मध्ये सबैभन्दा धेरै रेन्ज दिने ईभी हो।

प्रकाशित: Dec 09, 2022| 16:32 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्