बिहीबार, जेठ २८, २०८३

नक्सालमा इभी नेपाल मोटर्सको नयाँ सोरुम

टू ह्वीलर्स बिक्री गर्दै आएको इभी नेपाल मोटर्सले ग्राहकको मागअनुसार फोर ह्वीलर्सबाट सेवा–सुविधा दिने उद्देश्यले नयाँ सोरुम सञ्चालनमा ल्याएको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९
National life
Shivam cement

काठमाडौं– इभी नेपाल मोटर्सले नक्सालमा नयाँ सोरुम उद्घाटनसहित नयाँ गाडी सार्वजनिक गरेको छ। टू ह्वीलर्स बिक्री गर्दै आएको इभी नेपाल मोटर्सले ग्राहकको मागअनुसार फोर ह्वीलर्सबाट सेवा–सुविधा दिने उद्देश्यले नयाँ सोरुम सञ्चालनमा ल्याएको हो। 

कम्पनीले नक्साल सोरुमबाट वुलिङ मोटर्सअन्र्तगत पीटी एसजीएमडब्लु मोटर इन्डोनेसियामा उत्पादित गाडी बिक्री गर्नेछ। कम्पनीले इन्डोनेसियामा निर्मित चार सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको लगानी रहेको वुलिङ एयर इभी कार सार्वजनिक गरेको छ।

२०० देखि ३०० किमि माइलेज रहेका इलेक्ट्रिक गाडी विभिन्न मोडल र रंगमा उपलब्ध गराइएको कम्पनीले बताएको छ। चार घन्टा ब्याट्री चार्जिङ क्षमता र आठ वर्ष वारेन्टी सुविधा रहेको वुलिङ इभी टेस्लापछि दोस्रो नम्बरमा बिक्री हुँदै आएको कम्पनीले जनाएको छ।

प्रकाशित: Dec 09, 2022| 15:29 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्