बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको साधारणसभा, १३.६ प्रतिशत लाभांश पारित

ग्लोबल आइएमई बैंकको साधारणसभा, १३.६ प्रतिशत लाभांश पारित

साधारणसभाले बीओके मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू  गाभ्ने/गाभिने (मर्र्जर) सम्बन्धमा  सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत पारित गरेको छ। 

National life

साधारणसभाले बैंक अफ काठमाण्डूको मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ। साधारणसभाले बैकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई बढाएर ५० अर्ब रुपैयाँ बनाउने प्रस्ताव पारित गरेको छ । 

सञ्चालक समितिका तर्फबाट बैंक अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट बैंकले सेयरधनीलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। 

बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड र करपछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको साधारणसभामा जानकारी दिइयो। प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ। 

बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ। हाल बैंकले २ खर्ब ८९ अर्ब बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ। बैंकले हाल मुलुकभर २९२ शाखा, ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८९० बढी सेवा केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ।

Shivam cement

प्रकाशित: Dec 09, 2022| 15:08 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्