बिहीबार, जेठ २८, २०८३

तानसेन–रिडी सडकमा दैनिक १० घन्टा यातायात चलाउन रोक

तानसेन–रिडी राजमार्गको सिरुखर्क, माल्मुल क्षेत्रमा सडक चौडा गर्न बिहीबारदेखि बन्द गरिएको हो।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९
National life
Shivam cement

पाल्पा– पाल्पा सदरमुकाम तानसेनदेखि गुल्मीको तम्घास जाने सडक खण्डअन्तर्गत तानसेन–रिडी सडक खण्ड दैनिक १० घन्टा बन्द हुने भएको छ। तानसेन–रिडी राजमार्गको सिरुखर्क, माल्मुल क्षेत्रमा सडक चौडा गर्न बिहीबारदेखि बन्द गरिएको हो। 

२२ मंसिरदेखि ७ पुससम्म दैनिक १० घन्टा सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गरी बताएको हो। सूचनामा सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण गरिने भनिएको छ।

सडक निर्माणको समय बिहान ५ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र बेलुका ६ देखि ९ बजेसम्म सडक बन्द रहनेछ।–रासस

प्रकाशित: Dec 09, 2022| 11:12 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्