सोमबार, साउन ५, २०८२

मुम्ला र जोमसोमको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस

देशका अधिकांश स्थानमा तापक्रम क्रमिक रूपमा घट्दै जाने र चिसो बढ्दै जाने क्रम रहेको छ।
 |  शुक्रबार, मंसिर २३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

vianetvianet

काठमाडौं- देशका अधिकांश स्थानमा तापक्रम क्रमिक रूपमा घट्दै जाने र चिसो बढ्दै जाने क्रम रहेको छ। मौसम पूर्वानुमान महाशाखाको आज बिहान ५:४५ बजेको मापनअनुसार जुम्ला र जोमसोमको तापक्रम माइनसमा रहेको छ।

जुम्ला र जोमसोममा आज बिहानको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् हीरा भट्टराईले बताइन्। जिरीको तापक्रम ०.७ डिग्री सेल्सियस रहेको छ।

काठमाडौं उपत्यकाको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको बताइएको छ। चिसो बढेकाले चिसोबाट जोगिन महाशाखाले सुझाव दिएको छ। 

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ,   ‘तराई  भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।’


 







प्रकाशित: Dec 09, 2022| 08:05 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।