शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सिके राउतको दौडधुप : राजनीतिक संस्कारको विकास कि सत्ता खोजी?

सत्ता गठबन्धनले बहुमतको सरकार निर्माणका लागि प्रतिनिधिसभामा २७५ मध्ये १३८ सिट पुर्‍याउन नसकेपछि कांग्रेस, एमाले नेताहरूको तानातानीमा परेका राउत सत्ताभन्दा पनि राजनीतिक संस्कारका लागि आफ्नो अभियानमा अडिग रहेको बताउँछन्।
 |  शुक्रबार, मंसिर २३, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरी २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। यतिबेला मधेस प्रदेशबाट उनले प्राप्त गरेको सफलताले राजनीतिक वृत्तमा चर्चा पाइरहेको छ। प्रत्यक्षमा एक सिट ल्याएको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट ल्याउने भएको छ।

triton college

जनमत पार्टीले समानुपातिकतर्फका सांसदको टुंगो लगाइसकेको छ। पार्टीले उनीहरूको सूची आज निर्वाचन आयोगमा पठाउने भएको छ। जनमत पार्टीका अनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटाको नाम आज निर्वाचन आयोगमा पठाउने तयारी गरिएको हो।

वर्तमान सत्ता गठबन्धनलाई आवश्यक पर्ने दुई तिहाइ नपुगिरहेको अवस्थामा राउतको गठबन्धनमा ‘इन्ट्री’ भयो भने दुई तिहाइ सहजै पुग्ने भएकाले पनि उनको चर्चा चुलिएको हो। अध्यक्ष राउतले पनि आफू वर्तमान सत्ता गठबन्धनसँग साझेदार गर्न सहमत रहेको बताउँदै आएका छन्।

यसका साथै उनको चर्चा चुलिनुको अर्को कारण पनि छ। त्यो हो–राष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर राजनीतिक दलका शीर्ष नेताहरूको सिलसिलेबार भेटवार्ता। कुनै समय नेपालको तराई क्षेत्रलाई छुट्टै देश बनाउने अभियानमा लागेका राउत एकाएक राजनीतिको मूल धारमा आएपछि चर्चामा रहिरहेका छन्।

विखण्डनकारी छवि सुधार्न यसबीचमा उनले आफूलाई सादगी नेताको रूपमा पहिचान बनाउन कोसिस गरे। त्यसका लागि उनले नेपालका विभिन्न थार्मिक स्थलको भ्रमण गर्नुका साथै ओशो तपोवनमा समेत तप गरे। त्यसले उनलाई आफ्नो विगत छवि सुधार्ने अवसर जुट्यो।

Metro Mart
vianet
सत्ता गठबन्धनले बहुमतको सरकार निर्माणका लागि प्रतिनिधिसभामा २७५ मध्ये १३८ सिट पुर्‍याउन नसकेपछि कांग्रेस, एमाले नेताहरूको तानातानीमा परेका राउत सत्ताभन्दा पनि राजनीतिक संस्कारका लागि आफ्नो अभियानमा अडिग रहेको बताउँछन्। 

४ मंसिरको निर्वाचनपछि केन्द्रमा रहेका राउतले राजनीतिक नेताहरूसँग गरिरहेको भेटघाट सत्तामा जान हो वा लोकतान्त्रिक संस्कारको विकास गर्ने विषय आमचासोको रुपमा रहेको छ। यही विषयमा केन्द्रित रहेर राउतसँग नेपाल समयले गरेको प्रश्नमा उनले राजनीतिक संस्कारको विकासका लागि नै आफूले राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरूसँग भेटिरहेको बताए।

‘नेताहरूले जित्दा धेरै खुसी हुनुपर्ने र हार्दा कसैलाई गाली गरेर दोष थुपारिहाल्ने गर्नुहुँदैन। हामीले असल लोकतान्त्रिक राजनीतिक संस्कारको विकास गर्नुपर्छ’, उनले भने, ‘त्यसैका लागि मैले भेटघाटलाई तिव्रता दिएको हुँ। यसलाई सत्ता समीकरणका लागि गरिएको भेटका रुपमा मात्र अथ्र्याउनु गलत हुन्छ।’ उनले निर्वाचित भइसकेपछि आफूले दिएको पहिलो स्टेटमेन्टमै  राजनीतिक संस्कारलाई पुनजीर्वित गर्ने बताएको जानकारी दिए।

अहिले राजनीतिक संस्कारलाई पुनस्र्थापित गर्न  गरिएका भेटघाट भएको उनले बताए। यसलाई राजनीतिक शिष्टाचारयुक्त भेटघाटको रुपमा परिभाषित गर्नु ठीक हुने अध्यक्ष राउतको बुझाइ छ। ‘मैले पराजित भएका नेताहरूसँग पनि भेटिरहेको छु। राष्ट्रपतिसँग पनि भेटेको छु। त्यहाँ सत्ता समीकरणको स्वार्थ छैन। पुराना नेताहरूको मुलुकमा ठूलो योगदान छ। हामी उनीहरूको सम्मान गर्दै अगाडि बढ्छौं भन्ने सन्देश दिन चाहन्छौं,’ उनले भने। 

राउतले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, गृहमन्त्री बालकृष्ण खाणलगायतका नेतासँग विमर्श गरेका छन्। 

यस्तै, बुधबार अध्यक्ष राउतले मधेस केन्द्रित दुई दलका अध्यक्षलाई भेटेर मधेसको मुद्दामा मिलेर काम गर्न प्रस्ताव गरेका छन्। अध्यक्ष राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टाछुट्टै भेटेर सो प्रस्ताव गरेका हुन्। 

सप्तरी २ मा आफूले पराजित गरेका जसपाका अध्यक्ष यादवलाई अध्यक्ष राउतले उनकै निवासमा हिजो साँझ भेट्न गएका थिए। सो भेटमा अध्यक्ष यादवले राउतलाई जितको उपलक्ष्यमा बधाई तथा शुभकामना दिँदै मधेसको मुद्दामा प्रतिबद्ध भएर काम गर्न सुझाए।

लोसपाका अध्यक्ष ठाकुरसमक्ष पनि अध्यक्ष राउतले यहीं प्रस्ताव लिएर गएका थिए। अध्यक्ष ठाकुर पनि महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन्। दुवै जनाले एकअर्कालाई बधाइ दिनुका साथै शुभकामना साटासाट गरेका थिए।

अध्यक्ष ठाकुरले मधेसका लागि थुप्रै काम गर्न बाँकी रहेको र त्यसका लागि मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए। त्यसमा अध्यक्ष राउतले पनि आफू सबै दलसँग मिलेर काम गर्न चाहेकाले  एकअर्काको सहयोग आवश्यक रहेको धारणा राखेको बताइएको छ। हिजो नै अध्यक्ष राउतले एमालेका अध्यक्ष केपी ओलीसँग पनि भेटेका थिए। चुनाव जितेपछि राउतले सबैभन्दा पहिलो भेट कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसँग गरेका थिए।

राजनीतिक भेटघाटलाई तीव्रता दिइरहँदा सत्ता गठबन्धनले बहुमतको सरकार निर्माणका लागि प्रतिनिधिसभामा कुल २७५ मध्ये १३८ सिट पुर्‍याउन नसकेपछि सीके राउत कांग्रेस, एमाले नेताहरूको तानातानीमा परेका छन्।

राउतले सत्तामा रहेर नै जनताका भावनाको सम्बोधन गर्न सकिने भएकाले सत्ता समीकरणका विषयमा आफू सकारात्मक नै रहेको प्रतिक्रिया दिएका छन्। ‘हाम्रो बटमलाई नै काम गर्ने वातावरण हुनुप¥यो भन्ने छ। हामीले जनतामाझ शिक्षा, स्वास्थ्य र रोजगारीको विषय उठान गरेका छौं। ती क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने वातावरण हुनुपर्छ,’ उनले भने। उनले अहिले दुवै गठबन्धनसँग संवाद भइरहे पनि बढी संवाद भने सत्ता गठबन्धनसँग भइरहेको बताए।

‘प्रधानमन्त्रीसँग भेट गर्दा हाम्रा एजेन्डामा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। नागरिकता विधेयकप्रति पनि कांग्रेस सकारात्मक रहेकाले हामी उहाँसँग अलि नजिक छौं,’ उनले भने। उनले नेपालमा सेवा प्रवाहको तदारुकतामा पनि सुधार आउनुपर्ने बताए। उनले मधेसमा शिक्षा, स्वास्थ्य र चेता स्तरमा वृद्धि गर्नु आवश्यक भएकाले आफ्नो ध्यान पूर्ण रुपमा त्यसतर्फ केन्द्रित हुने सुनाए।

मधेसका जनताले सुलभ र गुणस्तरीय स्वास्थ्य शिक्षा लिन प्रदेश छाडेर अन्यत्र जानुपर्ने अवस्था रहेकाले त्यसमा सुधार गर्नु अहिलेको प्रमुख आवश्यकता भएको राउत बताउँछन्। यसका साथै मधेस प्रदेश कृषियोग्य भूमि भएको क्षेत्र भएकाले किसानका समस्या समाधान गर्नु आफू लागिपर्ने उनको धारणा छ।

‘मैले विकास र समृद्धिको राजनीति गर्न चाहेको छु। जनताका जनजीविकाका सवालसँग जोडिएका विषयमा मेरो ध्यान केन्द्रित हुनेछ। म सबैसँग मिलेरै मुलुकको विकासमा केन्द्रित हुन चाहन्छु। हामी एक ठाउँ उभिएर अघि बढ्यौं भने मात्रै मुलुक अघि बढ्छ सक्छ,’ उनले भने।

प्रकाशित: Dec 09, 2022| 07:15 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...