आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजदेखि काठमाडौं उपत्यकावासीको घरमा पुन: मेलम्चीको पानी

आजदेखि काठमाडौं उपत्यकावासीको घरमा पुन: मेलम्चीको पानी

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ।
 |  शुक्रबार, मंसिर २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २३, २०७९

काठमाडौं- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ। बाढीका कारण बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो।

National life

केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने बताए। आज बिहान साढे ८ बजेदेखि नै पानी धारामा पठाइने उनले जानकारी दिए।

ट्यांकीमा पानी आइरहेकोमा आज बिहानदेखि वितरण गरिने र अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुने उनले बताए।

केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ। मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ।

प्रकाशित: Dec 09, 2022| 06:53 शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।