मंगलबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा दर्शनार्थीको घुइँचो

भगवतीको भण्डार प्रदर्शन हुने भएकाले टाढा-टाढाबाट समेत भक्तजन दर्शनका लागि आउने गरेको बताइएको छ।
 |  बिहीबार, मंसिर २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

vianetvianet

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ। उक्त  मन्दिरमा जमानी जात्रा भएकाले दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्र बोहराले जानकारी दिए।

हरेक वर्षको मङ्सिर शुक्ल पूर्णिमाका दिन सो मन्दिरमा जमानी जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। जमानी जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रहिआएको छ। भगवतीको भण्डार प्रदर्शन हुने भएकाले टाढा-टाढाबाट समेत  भक्तजन दर्शनका लागि आउने गरेको बताइएको छ।  हरेक वर्ष धान्य पूर्णिमाका दिन लाग्ने जात्रामा भगवतीको विशेष पूजाआजा हुने गरेको छ।

जात्रामा भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीसमेत आउने गरेका छन्। जात्रामा निङ्गलाशैनी भगवतीको उत्पत्तिसँग जोडिएको ठाडो खेल र देउडासमेत खेल्ने गरिएको छ। अन्य समयमा लाग्ने जात्रामा मन्दिरमा पशुबलि हुने भए पनि यो जात्रामा कुनै प्रकारको बलि हुँदैन।

जात्राअवधिभर देहिमाडौँ क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा चैतको नवरात्र, अनन्त चतुदर्शी, असोजको नवरात्र र धान्य पूर्णिमाका दिन विशेष पूजाआजासहित जात्रा लाग्ने गर्दछ।

प्रकाशित: Dec 08, 2022| 18:38 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।