आइतबार, वैशाख २७, २०८३

भरतपुरमा एम्बुलेन्स र अटो ठोक्किँदा छ जना घाइते

काठमाडौंतर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणग तर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो आज दिउँसो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालकसहित ६ जना घाइते भएका हुन्।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

चितवन- भरतपुर महानगरपालिका–१ आँपटारीमा एम्बुलेन्स र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।

National life

नारायणगढबाट काठमाडौंतर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणग तर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो आज दिउँसो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालकसहित ६ जना घाइते भएका हुन्।

घाइते हुनेमा भरतपुर महानगरपालिका–८ का ३२ वर्षीय अटो चालक सूर्यबहादुर खुलाल, निजको श्रीमती वर्ष २५ को अञ्जु तामाङ, चालकको छोरा दुई वर्षीय किरण खुलाल, खैरहनी नगरपालिका–११ बस्ने वर्ष ३१ की रन्जु लामा, उनको श्रीमान् वर्ष ३३ को सूर्यबहादुर गुरुङ र उनको छोरी वर्ष २ को खुसी गुरुङ रहेका छन्। 

मध्यम अवस्थामा रहेका घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ। दुबै सवारीसाधन र एम्बुलेन्स चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 08, 2022| 17:31 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।