सोमबार, साउन ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • हुम्लाका याल्वाङवासी भन्छन् : पालिका कार्यालय गाउँमै हुनुपर्छ

हुम्लाका याल्वाङवासी भन्छन् : पालिका कार्यालय गाउँमै हुनुपर्छ

पत्रकार महासङ्घ हुम्लाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले स्थानीय जनताको सेवाका लागि स्थापना गरिएको कार्यालय गाउँमै राख्न आग्रह गरेका हुन्।
 |  बिहीबार, मंसिर २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

vianetvianet

हुम्ला- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्न माग गरेका छन्। पत्रकार महासङ्घ हुम्लाको सहजीकरणमा आयोजना गरिएको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले स्थानीय जनताको सेवाका लागि स्थापना गरिएको कार्यालय गाउँमै राख्न आग्रह गरेका हुन्।

सुविधा भोगी कर्मचारी र जनप्रतिनिधिले आफ्नो सहजता र आरामका लागि सदरमुकाममा सम्पर्क कार्यालय खोलेर काम गरेकाले स्थानीयलाई असहज भएको भन्दै तत्काल कार्यालय स्थानीय तहमै सार्नुपर्नेमा स्थानीयको जोड छ। तत्काल सम्पर्क कार्यालय बन्द गर्न नाम्खा गाउँपालिका–४ का पेमा डम्डुल लामाले माग गरे।

कानुनविपरीत स्थानीय सरकारको महसुसै नहुने गरी सुविधा भोगी कर्मचारीको कारण स्थानीय सरकारको बजेटसमेत महँगो भाडामा खर्च गरेको र स्थानीय सेवाग्राहीले सास्ती खेप्नुपरेको उनको भनाइ छ।

तत्काल कार्यालय स्थानीय तहमै नसारे माथिल्लो निकायसम्म हारगुहार गर्ने सेवाग्राहीले माग गरे। यो गाउँगाउँमा सिंहदरबार भन्ने कुरालाई खिल्ली उडाएको आरोप लगाएका छन्।

नाम्खा गाउँपालिकाका स्थानीयले गाउँपालिकाबाट लिनु पर्ने सेवा एकदेखि दुई दिन पैदल हिँडेर सदरमुकाम सिमकोट आएर लिनुपर्ने बाध्यता भएको छ। सिमकोटको कार्यालय बन्द गरेर तत्काल गाउँपालिकाको केन्द्र यालवाङ्मा कार्यालय राख्नु सेवाग्राही दावा छिरिङ तामाङले माग गरे।

योजनाको सिफारिस गर्न, सम्झौता गर्न, भुक्तानी लिन हाल सेवाग्राहीले सदरमुकाम धाउनु पर्दा भौतिक कष्ट र आर्थिकरूपमा समेत भार भोग्नुपरेको उनको भनाइ छ। सेवाग्राहीको मागबारे बोल्दै गाउँपालिका अध्यक्ष प्रेम लामाले बाध्यता र परिस्थितिले गर्दा अहिले सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालय काम गर्नुपरेको बताउँदै पन्छिएका छन्।   -रासस

प्रकाशित: Dec 08, 2022| 23:00 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।