मंगलबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नेवारी संस्कृति नेपाल चिनाउने माध्यम : कांग्रेस नेता सिंह

नेवारी संस्कृति नेपाल चिनाउने माध्यम : कांग्रेस नेता सिंह

समय परिवर्तनशील भए पनि पुर्खाहरूले स्थापित गरेको मौलिक संस्कृतिलाई अवमूल्यन गर्न नमिल्ने नेता सिंहको धारणा।
 |  बिहीबार, मंसिर २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

vianetvianet

काठमाडौं– कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन्। बिहीबार ज्यापु संस्कृति विकास कोषले आयोजना गरेको १९औं राष्ट्रिय ज्यापु दिवस अवसरमा आयोजित कार्यक्रममा उनले विदेशीलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताएका हुन्।

नेता सिंहले नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। नेवार जातिको पहिचान नै भाषाको पहिचान भएकाले नेवारी भाषाको संरक्षणलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्ने उनको धारणा छ।

उनले भने, ‘अब हामीले लामो कुरा गर्नेभन्दा पनि कामले गरेर देखाउनुपरेको छ। परिवर्तित समयअनुसार हामीले आफ्नो समुदायलाई सुहाउँदो किसिमले काम गर्ने तरिकामा, सोचमा, गराइमा समयको मागबमोजिम सिक्नुपर्छ र त्यहीअनुसार अगाडि बढ्नुपर्छ।’

समय परिवर्तनशील भए पनि पुर्खाहरूले स्थापित गरेको मौलिक संस्कृतिलाई अवमूल्यन गर्न नमिल्ने उनको भनाइ छ। नेता सिंहले भने, ‘हाम्रो पहिचान भनेकै भाषाको पहिचान हो। नेवारी भाषालाई जुन रूपमा अगाडि बढाउनुपर्ने हो, त्यसमा सबै मिलेर काम गर्नुपर्छ। विदेशीले नेपाल चिन्ने भनेकै नेवारी संस्कृति रहेकाले यसलाई थप बलियो बनाउन ध्यान दिनुपर्छ।’ पुर्खाले स्थापित गरेका मौलिक संस्कृतिलाई नयाँ पुस्ताले अवमूल्यन गर्न नहुने उनले सुझाए।

प्रकाशित: Dec 08, 2022| 14:13 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।