शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कालिमाटी र बालाजुको ५७ तरकारी व्यवसायीको सम्झौता खारेज

कालिमाटी र बालाजुको ५७ तरकारी व्यवसायीको सम्झौता खारेज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–कालिमाटी र बलाजुको ५७ जना तरकारी व्यवसायीहरुको इजाजत सम्झौता खारेज गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालले जनाएअनुसार भदौ १९ र अाज (मंलबार)को निर्णयाअनुसार ती व्यवसायीहरुको इजाजत रद्ध गरिएको हो ।

मन्त्रालयकाअनुसार कालिमाटीमा गरिएकाे अध्यन अनुसन्धानकाे अाधारमा ३५ थोक बजारमध्ये १६ थोक बजार, ५ सहकारी/कृषक समूह मध्ये २ सहकारी, ६ माछा बजार मध्ये ३ माछा बजारलाई खारेज गरिएको छ ।

त्यस्तै २ टहरामध्ये  १,  २१ खुद्रा बजारमध्ये १४ खुद्रा बजार, १३ केज भण्डारणमध्ये १३ ओटैलाई खारेज गरिएको छ । बालाजुस्थित ९ तरकारी बजार मध्ये ८ लाई खारेज गरिएको मन्त्रालयको भनाइ छ ।

पछिल्लो समय मन्त्रालयले तरकारी बजार, तरकारी बजारमा रहेका सटर भाडामा लिनेक्रममा बीचौलियाहरु अस्वभाविक रकम असुलेको भन्दै अनुसन्धान/अप्रेसनलाई द्रुत गतिमा अघि बढाएको छ । सोही क्रममा  दोषी भेटिएका थोक बजार, कृषक समूह, टहरा लगायतलाई खारेज गर्ने दाैरानमा उक्त ५७ जना तरकारी व्यवसायीहरुको इजाजत रद्द गरिएको मन्त्रालयले जानकारी दिएकाे छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्