आइतबार, वैशाख २७, २०८३

कञ्चनपुरमा जंगली हात्तीको आक्रमण बढ्दो

बर्सेनि जंगली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

दोधारा चाँदनी- कञ्चनपुरमा पछिल्ला केही वर्षयता जंगली हात्तीको आक्रमण बढ्दो छ। बर्सेनि जंगली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ। 

National life

जंगल नजिकै मानव बस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ। मंगलबार साँझ बेदकोट नगरपालिका-१ स्थित हात्तीथलाका हीरादेवी धानुकको हात्तीको आक्रमणमा परी मृत्यु भयो। घर नजिकैको सामुदायिक वनमा दाउरा लिन गएका बेला उनीमाथि हात्तीले आक्रमण गरेको हो।

गत भदौमा पनि शुक्लाफाँटा नगरपालिका-७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा सात जनाले ज्यान गुमाएका छन्।

निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका-२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भयो। त्यसैगरी विसं २०७८ मा शुक्लफाँटा-१  बन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भयो। त्यसैगरी लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्ती आक्रमणमा परी मृत्यु भयो।

यस वर्ष पनि कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ भने एक घाइते भएका छन्। हात्तीको आक्रमणबाट मानिसमात्रै होइन, किसानको अन्नबाली र घरमा समेत क्षति हुने गरेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले यहाँ क्षति गर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले पछिल्लो १० वर्षयता कञ्चनपुरमा हात्तीको आक्रमण बढ्न थालेको बताए। उनले हात्तीको बासस्थान साँघुरिँदै गएको र हात्ती हिँड्ने बाटोमा बस्ती बनेपछि हात्तीको आक्रमण बढ्न थालेको बताए। ‘हात्ती हिँड्ने करिडोरमा बस्ती बसेको बासस्थान साँघुरिँदै गएको छ’, उनले भने, ‘हात्ती एकै ठाउँमा बस्दैन घुमफिर गरिरहने भएकाले उसको हिँड्ने बाटोमा आक्रमण गर्ने गरेको छ।’

उनले हात्ती एकै रातमा पाँच-सात किलोमिटरसम्म हिँड्ने गरेको बताए। ‘हाम्रो यहाँ वनजङ्गल कम छ, हात्ती भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन्, त्यो बीचमा धेरै बस्ती छन्’, उनले भने, ‘मानिसले पनि सावधानी नअपनाउँदा क्षति हुने गरेको छ।’

प्रकाशित: Dec 08, 2022| 22:00 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।