आइतबार, वैशाख २७, २०८३

विवादमा तानिए रोनाल्डो

प्रि–क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्धको खेलमा सुरुआती समय बेन्चमा राखिएपछि असन्तुष्ट रोनाल्डो त्यस दिनदेखि पोर्चुगलको ट्रेनिङमा सहभागी भएका छैनन्।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो पछिल्लो समय विवादमा तानिने क्रम बढ्दो छ। उनीसामु अर्को विवाद आइपरेको छ।

National life

कतारमा जारी फिफा विश्वकपअन्तर्गत प्रि–क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्धको खेलमा सुरुआती समय अप्रत्यासित रूपमा बेन्चमा राखिएपछि असन्तुष्ट रोनाल्डो त्यस दिनदेखि पोर्चुगलको ट्रेनिङमा सहभागी भएका छैनन्।

उनी मोरक्कोविरुद्धको खेलका लागी जारी ट्रेनिङमा सहभागी नभएको पोर्चुगिज टिमले बताएको छ।

रोनल्डोलाई पोर्चुगिज प्रशिक्षक फर्नान्डो सान्तोषले रणनीतिक कारण उनलाई सुरुआती समय नखेलाएर अन्तिममा खेलाएको बताएका थिए। उता, व्यावसायिक फुटबल खेल्ने क्रममा उनलाई म्यानचेस्टर युनाइटेडमा पनि सिजनका अधिकांश खेलमा बेन्चैमा राखिएको थियो।

यसप्रति विवादास्पद अन्तर्वार्ता बाहिर आएपछि उनलाई युनाइटेडले सम्झौता रद्द गर्दै क्लबबाट बाहिर गराइसकेको छ।

रोनाल्डोलाई पोर्चुगलको टिममा सन् २००८ पछि पहिलो पटक सुरुआती समय बेन्चमा राखिएको हो। अन्तिम समय मैदान छिरेका रोनाल्डोबिना पोर्चसगलले स्विस टिमविरुद्ध पाँच गोल गरिसकेको थियो।

उनी मैदान छिरेपछि राफेल लिओले अन्तिम समयमा एक गोल थप्दै टिमलाई ६–१ को जित सुनिश्चित गराएका थिए।

स्विस टिमविरुद्धको खेलमा सानदार जित निकाल्दै पोर्चुग प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। सेमिफाइनल प्रवेशका लागि उसले अफ्रिकन टिम मोरक्कोविरुद्ध खेल्नेछ।


प्रकाशित: Dec 08, 2022| 12:32 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।