बिहीबार, असार ११, २०८३

आजीवन सदस्य सिफारिस निर्णयप्रति स्रष्टाहरूको आपत्ति

प्रतिष्ठानमा तीन कार्यकालसम्म रहेर सेवा–सुविधा भोग गरिसकेका मानिसलाई आजीवन सदस्यका निम्ति फेरि सिफारिस गर्नु न्यायसंगत नहुने स्रष्टाहरूको दाबी।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं– नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ परिषद्ले आजीवन सदस्यमा निवर्तमान कुलपति गंगाप्रसाद उप्रेती र साहित्यकार तथा प्राज्ञसभा सदस्य आरडी प्रभास चटौतको नाम सिफारिस गरेसँगै विवाद भएको छ।

National life

प्रतिष्ठानमा हालै बसेको प्राज्ञपरिषद् बैठकले उप्रेती र चटौतको नाम सिफारिस गरेसँगै स्रष्टाहरूले आपत्ति जनाएका हुन्।

प्रतिष्ठानका निमित्त कुलपति जगमान गुरुङका अनुसार प्राज्ञपरिषद्को निर्णयबाट सिफारिस गरेको नाम २५ मंसिरमा प्रतिष्ठानमा बोलाइएको प्राज्ञसभा बैठकमा प्रस्तुत गरी अनुमोदन गरिनेछ। सभामा प्रतिष्ठानको प्रमुख संरक्षकका रूपमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई सिफारिस गरिने गुरुङले बताए। 

प्रतिष्ठानको आजीवन सदस्यका सिफारिसप्रति आपत्ति देखाउँदै नेपाली लेखक संघले बुधबार विज्ञप्तिमार्फत विरोध जनाएको थियो। आजीवन सदस्य नाम सिफारिस र सोको अनुमोदनका लागि प्रतिष्ठानले बोलाएको प्राज्ञसभाप्रति संघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

मूल नेतृत्व (कुलपति र सदस्यसचिव) को कार्यकाल सकिएर अहिले कामचलाउ रहेको परिषद्ले राज्यकोषबाट कसैलाई आजीवन तलब सुविधा उपलब्ध गराउने खाले निर्णय खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ।

Shivam cement

आफू अनुकूल कार्यविधि संशोधन गरी आफैंले गठन गरेको समितिद्वारा आफ्नै नाम सिफारिस गरेको संघको आरोप छ । यस कार्यकालको अन्तिम प्राज्ञसभा भनेर ३० साउनमा बोलाइसके पनि स्वार्थपूर्तिकै लागि उप्रेतीले जालसाजीपूर्ण तरिकाले गर्न लागेको प्राज्ञसभा रोक्न पनि लेखक संघले माग गरेको छ। कवि लेखक घनेन्द्र ओझा आजीवन सदस्यलाई भत्ता दिनु राज्यकोषको दुरुपयोग हुने र प्रतिष्ठानलाई साख गिराउने खेल रहेको बताउँछन्।

उनी सामाजिक सन्जालमा लेख्छन्, ‘आजीवन सदस्यताअन्तर्गतको तलबभत्ताको प्रावधान तुरुन्त हटाइनु जरुरी छ।’ 

त्यसैगरी लेखक राजन मुकारुङ पनि आजीवन भत्ताका लागि आफैंले सिफारिस गर्न नहुने बताउँछन्। प्रधानमन्त्री देउवा तथा संस्कृतिमन्त्री श्रेष्ठलगायतको सहभागितामा चारवर्षे कार्यकाल सकिनु डेढ महिनाअगावै प्रज्ञा प्रतिष्ठानले साउनमा कार्यकालको अन्तिम भनेर ३७औं प्राज्ञसभा सम्पन्न गरेको थियो। सभामा तत्कालीन सदस्यसचिव जगतप्रसाद उपाध्यायले कार्यकालको मुख्य उपलब्धि तथा कार्यक्रमको विवरणसमेत प्रस्तुत गरेका थिए।

नेपाल प्रज्ञाप्रतिष्ठानको ऐनमा आर्थिक वर्षमा कम्तीमा दुई पटक प्राज्ञसभा बस्न सक्ने व्यवस्था रहेको निमित्त कुलपति गुरुङले बताए। गुरुङका अनुसार गंगाप्रसाद उप्रेतीले १२ वर्षमा तीन कार्यकालसम्म प्रतिष्ठानमा रहेर योगदान पुर्‍याएकाले स्वतः आजीवन सदस्यता पाउने उनको भनाइ छ।

उनले भने, ‘गंगाप्रसाद उप्रेतीले उपकुलपति र कुलपतिका रूपमा तीन कार्यकाल बिताइसकेका र आरडी प्रभास चटौतले साहित्यमा योगदान दिएकाले वयोवृद्ध साहित्यकारले स्वतः आजीवन सदस्यता पाउने नियम रहेको छ।’ कुलपति नभएको समय सम्पूर्ण कामकारबाही निमित्त कुलपतिले गर्ने प्रतिष्ठानको नियममै भएकाले प्राज्ञपरिषद् सदस्यहरूको सिफारिसका आधारमा दुई जनाको नाम प्राज्ञसभामा सुनाइने गुरुङले बताए।

प्रतिष्ठानमा तीन कार्यकालसम्म रहेर सेवासुविधा भोग गरिसकेका मानिसलाई आजीवन सदस्यका निम्ति फेरि सिफारिस गर्नु न्यायसंगत नदेखिएको लेखक संघको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Dec 08, 2022| 12:14 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।