जनकपुरधाम- धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ। महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा गएराति आगलागी भएको हो।
आगलागीबाट पसलमा रहेका फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर करिब ३० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।
मिथिला नगरपालिका २ का हिरा महतोले सन्चालन गरेको सो पसलमा बुधबार राति करिब साढे १२ बजे आगलागी भएको थियो। मिथिला नगरपालिका ढल्केबरबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा बिहीबार (आज) बिहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।