बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन कुलमानलाई प्रदीपको आग्रह

बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन कुलमानलाई प्रदीपको आग्रह

काठमाडौं ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेका छन्।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं- काठमाडौं ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेका छन्।

National life

पौडेलले प्राधिकरण प्रमुख कुलमान घिसिङलाई बुधबार भेटेर काठमाडौं क्षेत्र नम्बर ५ सहित काठमाडौं उपत्यकाभित्र रहेका बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्।

चुनावका बेला घरदैलोमा पुग्दा बिजुलीका नाङ्गा तारले समस्या निम्त्याएको जनगुनासो सुनेको बताउँदै पौडेलले समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

घरको धुरीबाट बिजुलीको नाङ्गो तार गएकोले बालबालिकाले छुनसक्ने भन्दै पौडेलसँग काठमाडौं ५ का स्थानीयले त्यस्ता नाङ्गो तार व्यवस्थापन गरिदिन माग गरेका थिए।

प्राधिकरणका प्रमुख घिसिङले कतिपय ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम भइरहेको बताएका थिए। भित्री सडकहरूमा बाटो र ढलका कारण काम गर्न असजिलो भइरहेको उनको भनाइ थियो।

Shivam cement

प्रकाशित: Dec 08, 2022| 09:03 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।