आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सालाको हत्या गर्ने ढुंगानाले गरे प्रहरीमा आत्मसमर्पण

सालाको हत्या गर्ने ढुंगानाले गरे प्रहरीमा आत्मसमर्पण

कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

धनगढी- कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले प्रहरीमा आत्मसमर्पण गरेका छन्। जोशीपुर गाउँपालिका-६ का ढुङ्गाना आफैं इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए।

ढुङ्गानाले मंगलबार जोशीपुर गाउँपालिका ६ कुमारीबागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। भण्डारी र ढुङ्गानाबीच साला–भिनाजुको नाता पर्दछ।

उनको हँसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित: Dec 08, 2022| 08:57 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।