आइतबार, वैशाख २७, २०८३

प्रधानमन्त्री देउवा आज धनगढी जाँदै

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह प्रदेश जाँदै छन्। बिहीबार देउवा सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी जान लागेका हुन्।
 |  बिहीबार, मंसिर २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

धनगढी- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह प्रदेश जाँदै छन्। बिहीबार देउवा सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी जान लागेका हुन्।

National life

धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा आज धनगढी जान लागेको बताइएको छ। देउवा काठमाडौबाट ११ बजे धनगढी उड्ने छन्। यस्तै दिउँसो २ बजे महोत्सवको उद्घाटन हुने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो। महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।

कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएकोमा अघिल्लो दुई वर्ष कोरोना महामारीका कारण महोत्सव आयोजना हुन सकेको थिएन।

प्रकाशित: Dec 08, 2022| 08:30 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।