शुक्रबार, साउन १, २०८३

नेपालसँग चीन उर्जाको लागि सहकार्य गर्न तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको हुनान प्रान्तका भाइस गर्भनर ही बाओसिङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटमा उक्त द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । 

भेटमा उर्जामन्त्री पुनले नेपाल र चीनबीच पुरानो सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत दुई देशको सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले सरकारले आगामी १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै उक्त लक्ष्य पुरा गर्न नेपाललाई चिनियां लगानी आवश्यक रहेको धारणा राखे ।

मन्त्रीका प्रेस स‌‌‍याेजक राेशन खड्काले जनाएअनुसार भाइस गर्भनर बाओसिङले हुनान प्रान्त चीनमा उर्जा प्रविधीको लागि निकै चर्चित रहेको भन्दै नेपालमा सहकार्य गर्न आफुहरु इच्छुक रहेको बताए । उनले चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’मा नेपालले हस्ताक्षर गरिसकेको भन्दै त्यसमार्फत नै सहकार्य गर्न चीन सरकार तयार रहेको धारणा राखे ।

मन्त्री पुनले पछिल्लो समय चिनिया लगानीकर्ताहरु नेपालमा आकर्षित भएको भन्दै थप लगानीको वातावरण बनाइदिन भाइस गर्भनर बाओसिङलाई आग्रह गरे । ‘हामीलाई १० बर्षमा देशभित्रै १० हजार मेगावाट विजुली आवश्यक पर्छ, त्यसको लागि भारत र बंलादेशले लगानी गर्ने भएका छन् । तपाईहरुले निर्धक्क भएर लगानी गर्नुहोस्’ मन्त्री पुनले भने । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्