बुधबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सर्लाहीमा छुट्टाछुट्टै छतबाट खसेर दुईको जनाको मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै छतबाट खसेर दुईको जनाको मृत्यु

सर्लाहीमा भएका दुई छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ।
 |  बिहीबार, मंसिर २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २२, २०७९

vianetvianet

सर्लाही- सर्लाहीमा भएका दुई छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ। 

जिल्लाको ब्रह्मपुरी गाउँपालिका–६, नोकेल्वामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने लालबन्दी नगरपालिका १ नवलपुरमा घरको छतबाट खसेर एक जनाले ज्यान गुमाएका छन्।

ब्रम्हपुरी ६ का देवशरण रायकी छोरी १० वर्षीया उषाकुमारी यादवको शव घरदेखि चार सय मिटर पूर्वमा रहेको रत्नेश्वर रायको पोखरीमा फेला परेको प्रहरीले जनाएको छ। 

मंगलबार बिहानैदेखि बेपत्ता उषाकुमारीको शव बुधबार साँझ पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक डीएसपी विजय श्रेष्ठले जानकारी दिए। 

बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ। घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी लालबन्दी १, नवलपुर बजारमा घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ। धनुषाको वीरेन्द्रबजार घरभई हाल नवलपुरस्थित सञ्जय साहको घरमा डेरा गरेर बस्ने ५० वर्षीय भरत लामाको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

मंगलबार साँझ घरको दोस्रो तलबाट खसेर गम्भीर घाइते भएका लामाको उपचारका क्रममा गएराति नमूना अस्पताल हरिवनमा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए।

कोठाको चाबी हराएपछि खोजी गर्ने क्रममा छतमा जाँदा लामा अचानक छतबाट खसेका प्रत्यक्षदर्शीले बताएका छन्। उनी वैदेशिक रोजगारीबाट दुई साताअघि मात्रै घर फर्किएका आफन्तको भनाई छ।

प्रकाशित: Dec 08, 2022| 07:10 बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।