आइतबार, वैशाख २७, २०८३

'लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू'

कार्यक्रममा लैङ्गिक हिंसाविरूद्ध अभियानमा संलग्न अधिकारकर्मीलाई सम्मान गरिएको थियो। अन्तरक्रिया कार्यक्रमअघि हिंसाविरुद्धको प्लेकार्डसहित निक्लिएको जुलुसले नगर परिक्रमा गरेको थियो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

सप्तरी– राजविराजमा आज आयोजित एक कार्यक्रमका वक्ताले लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन्।

National life

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत दैनिक कार्यक्रम गर्दै आएको मूल समारोह समितिले गरेको लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तक्रिया कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लालदासले महिला हिंसा अन्त्यका लागि घरबाटै छोरा र छोरीबीचको विभेदको अन्त्य गर्नुपर्ने बताए। उनले सामाजिक सुरक्षालाई विशेष महत्त्व दिएर समानता कायम गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा लैङ्गिक हिंसाविरूद्ध अभियानमा संलग्न अधिकारकर्मीलाई सम्मान गरिएको थियो। अन्तरक्रिया कार्यक्रमअघि हिंसाविरुद्धको प्लेकार्डसहित निक्लिएको जुलुसले नगर परिक्रमा गरेको थियो।


प्रकाशित: Dec 07, 2022| 23:00 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।