सोमबार, वैशाख २८, २०८३

मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनार्थ सम्झौता

केन्द्र स्थापनाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुस्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी र हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटामाझ त्रिपक्षीय सम्झौता भएको हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

National life

बागमती– हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न विभिन्न तीन संस्थामाझ सम्झौता भएको छ। केन्द्र स्थापनाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुस्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी र हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटामाझ त्रिपक्षीय सम्झौता भएको हो। 

अस्पतालको सेवा विस्तार गर्ने अभियानअन्तर्गत बागमती प्रदेश सरकारको सहयोगमा मिर्गौला प्रत्यारोपण सुरु गर्न लागिएको हो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज भएको सम्झौतासँगै केन्द्र स्थापनाको कार्य तीव्रगतिमा अगाडि बढेको बताए। उनले हेटौँडा अस्पतालको विकासमा प्रदेश सरकार सदैव सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

त्यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशीले हेटौँडा अस्पतालमा सेवा विस्तार भएपछि धेरैलाई सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे। मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु आठ करोड बजेट छुट्याएको छ।

प्रकाशित: Dec 07, 2022| 21:51 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्