बिहीबार, असार ११, २०८३

समानुपातिकको सिट बाँडफाँट, दलले तीन दिनमा आयोगलाई नाम दिनुपर्ने

आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरेसँगै मत परिणामको अन्तिम टुंगो लागेको हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं– गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएसँगै निर्वाचन आयोगले समानुपातिक मतको आधारमा दलहरुले पाउने सिट निर्धारण गरेको छ। बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गरेसँगै मत परिणामको अन्तिम टुंगो लागेको हो। समानुपातिकमा थ्रेसहोल्ड कटाएका दलहरुले तीन दिनभित्र समानुपातिक सांसदको सूची निर्वाचन आयोगलाई बुझाउनुपर्ने हुन्छ।

National life

अन्तिम नतिजाअनुसार प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ। ८९ सिट जितेर कांग्रेस पहिलो भएको  छ। 

०७४ को चुनावमा पहिलो दल बनेको नेकपा (एमाले) दोस्रोमा झरेको छ। उसले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरेर ७८ सिट जितेको छ। तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी जम्मा ३२ सिट जितेको छ। 

पहिलो पटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट गरी जम्मा २० सिट जितेर चौथो ठूलो शक्ति बनेको छ। राप्रपा प्रत्यक्षमा सात र समानुपातिकमा पनि सात गरी १४ सिट जितेर पाँचौं बनेको छ । 

प्रत्यक्षमा पाँच र समानुपातिकमा सात गरी १२ सिटसहित जनता समाजवादी (जसपा) छैटौं ठूलो दल बनेको छ। प्रत्यक्षमा एक र समानुपातिकमा पाँच सिट जितेर सीके राउत नेतृत्वको जनमत पार्टी पनि राष्ट्रिय दल बनेको छ। यो पार्टी पनि पहिलो पटक संघीय चुनाव लडेको हो।

Shivam cement

यी सातबाहेक अरू दलले समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेनन्। एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा १० सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेन। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रत्यक्षमा चार सिट जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेको छ।

नेमकिपा र राष्ट्रिय जनमोर्चाले १–१ सिट जितेका छन्। पाँचजना स्वतन्त्र सांसद विजयी भएका छन्।

आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आजै पत्र पठाएको छ। दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको छ। 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र सातै वटा प्रदेशसभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मत सङ्ख्या, प्रतिशत र सिट सङ्ख्या निर्धारण गरी कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व हुने गरी सिफारिश गर्न पत्र पठाइएको हो। थ्रेसहोल्ड कटाउने दलले समावेशी समूह मिलाएर बन्दसूचीमा रहेकामध्येबाट नाम सिफारिस गर्नुपर्नेछ।

आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ। सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन्। दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ।

प्रकाशित: Dec 07, 2022| 20:03 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...