सोमबार, वैशाख ७, २०८३

टाइम म्यागेजिनको वर्ष व्यक्तिमा जेलेन्स्की

रुसी आक्रमणको बहादुरीपूर्वक सामना गरिरहेका जेलेन्स्की यसपटक टाइमको रोजाइमा परेका हुन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं- विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२२ को वर्ष व्यक्तिका रुपमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई छनोट गरेको छ। रुसी आक्रमणको बहादुरीपूर्वक सामना गरिरहेका जेलेन्स्की यसपटक टाइमको रोजाइमा परेका हुन्। 

National life

यस वर्षका अन्य दाबेदारहरुमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी नेतृ लिज चेनी, अर्बपति दाता म्याकिन्जी स्कट आदि थिए।

गत वर्ष इलोन मस्कलाई यो उपाधि दिइएको थियो। टाइमले अभिनेत्री मिसेल योहलाई आइकन अफ दि इयर घोषित गरेको छ। 

टाइम म्यागेजिनले वर्ष व्यक्ति घोषणा गर्ने चलन सन् १९२७ मा सुरु गरेको हो। पहिलो वर्ष अमेरिकी पाइलट चार्ल्स लिन्डवर्ग वर्ष व्यक्ति बनेका थिए। उनले एक्लै न्यूयोर्कदेखि पेरिससम्मको उडान भरेका थिए।

टाइमले वर्षभरिमा विश्वलाई सबैभन्दा बढी प्रभावित पार्ने व्यक्तिलाई वर्ष व्यक्तिको रुपमा घोषणा गर्ने गरेको छ।

kumari

प्रकाशित: Dec 07, 2022| 19:44 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।