बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जबरालाई सर्वोच्च अदालत प्रवेश नदिन प्रहरी मुख्यालयको सर्कुलर

जबरालाई सर्वोच्च अदालत प्रवेश नदिन प्रहरी मुख्यालयको सर्कुलर

प्रहरी मुख्यालयले उपत्यका प्रहरी कार्यालयलाई प्रवेश अनुमति नदिन सर्कुलर गरेको हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९
National life
Shivam cement

काठमाडौं– प्रहरी प्रधान कार्यालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश अनुमति नदिन सर्कुलर गरेको छ। प्रहरी मुख्यालयले उपत्यका प्रहरी कार्यालयलाई प्रवेश अनुमति नदिन सर्कुलर गरेको हो। 

बुधबार सर्वोच्चमा बसेको फुलकोर्ट बैठकको निर्णय र अन्य निकायसँगको समन्वयमा सर्वोच्च प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको बताइएको छ।

अघिल्लो संसद्ले महाअभियोग प्रस्ताव टुंगो नलगाएको अवस्थामा संसद् सचिवालयले जबरालाई महाभियोग ‘निस्प्रभावी’ भएको पत्र दिएको छ। बुधबार पत्र पाएका जबरा सर्वोच्चमा हाजिर हुने तयारीमा छन्।

प्रकाशित: Dec 07, 2022| 15:58 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।