काठमाडौं– प्रहरी प्रधान कार्यालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश अनुमति नदिन सर्कुलर गरेको छ। प्रहरी मुख्यालयले उपत्यका प्रहरी कार्यालयलाई प्रवेश अनुमति नदिन सर्कुलर गरेको हो।
बुधबार सर्वोच्चमा बसेको फुलकोर्ट बैठकको निर्णय र अन्य निकायसँगको समन्वयमा सर्वोच्च प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको बताइएको छ।
अघिल्लो संसद्ले महाअभियोग प्रस्ताव टुंगो नलगाएको अवस्थामा संसद् सचिवालयले जबरालाई महाभियोग ‘निस्प्रभावी’ भएको पत्र दिएको छ। बुधबार पत्र पाएका जबरा सर्वोच्चमा हाजिर हुने तयारीमा छन्।