आइतबार, वैशाख २७, २०८३

ढोरपाटन सिकार आरक्षमा नाउर र झारल सिकार

घुस्तुङ ब्लकमा दुई नाउर र दुई झारल, सुनदहमा एउटा झारल, सेङमा एउटा नाउर, दोगाडीमा तीन नाउर र एक झारल तथा फागुनेमा एक नाउर र एक झारलको सिकार गरिएको हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

बागलुङ- यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ। कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन।

National life

आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए। एक अमेरिकी नागरिक भने सिकार गर्नबाट चुकेको उनले बताए। घुस्तुङ ब्लकमा दुई नाउर र दुई झारल, सुनदहमा एउटा झारल, सेङमा एउटा नाउर, दोगाडीमा तीन नाउर र एक झारल तथा फागुनेमा एक नाउर र एक झारलको सिकार गरिएको हो। अमेरिकी नागरिकले भने घुस्तुङ र दोगाडी ब्लकमा सिकार खेलेका थिए।

मेक्सिकोका नागरिकले सुनदह, सेङ र दोगाडी तथा क्यानडा र जर्मनीका नागरिकले फागुने ब्लकमा नाउर र झारलको सिकार गरेका सहायक संरक्षण अधिकृत थापा मगरले बताए। 'यो याममा सिकार खेल्न आएका सबै सिकारी आरक्षबाट फर्किसके, अब फागुनदेखि दोस्रो याम सुरु हुन्छ', उनले भने।

यस वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आठ नाउर र पाँच झारलको सिकार अनुमति दिएको थियो। विद्युतीय बोलपत्रबाट छानिएका सिकार कम्पनीले तोकिएका ब्लकमा सिकार खेलाएका थिए। कम्पनीमार्फत बर्सेनि सिकार खेल्न विदेशी नागरिक ढोरपाटन आउने गरेका छन्। सिकार कम्पनी ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्सेर पराजुलीले जर्मनी र अमेरिकाका सिकारीलाई सिकार खेलाएको बताए।

आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन्। बर्सेनि असोज–मंसिर र फागुन–वैशाख गरी दुई याममा सिकार खुला हुन्छ। विभागले गराउने बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी पेशेवर सिकारीलाई नेपाल भित्राउँछन्। यो याममा एउटा नाउर सिकारमा २० लाख र झारललाई ६ लाखसम्म राजश्व तिर्न कम्पनी तयार भएका थिए। ढोरपाटनको सिकार पर्यटनबाट बर्सेनि करोडौँ रुपैयाँ राजश्व राज्यको ढुकुटीमा जम्मा हुन्छ।

सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने गर्छ। कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहन्नन्। माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन्। सिकार पर्यटनमा विश्वमै प्रख्यात ढोरपाटन आउन विदेशीले लाखौँ रुपैयाँ खर्चिन्छन्। उनीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन्। आधारशिविरबाट आरक्षका प्रतिनिधि, पथप्रर्दशक, भरिया, सहयोगीसहित सिकार ब्लकसम्म पुग्छन्। आधारशिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ब्लकमा पुग्न दुई/तीनसम्म लाग्छ।

सिकार टोली हतियारसहित सबै बन्दोबस्ती लिएर जाने गर्छन्। आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन्। सिकारीले बल्कअनुसार तोकिएको संख्यामा नाउर र झारलको सिकार गर्ने गरेका आरक्षले जनाएको छ। हरेक पाँच पाँच वर्षमा गरिने नाउर र झारलको गणनाका आधारमा विभागले सिकारको कोटा तोक्छ।

सौखिन र खर्चिला सिकारी पर्यटकको रोजाइमा ढोरपाटन पर्ने गरेको आरक्षले जनाएको छ। आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो। एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू-भागमा पर्छ।    -रासस

प्रकाशित: Dec 07, 2022| 20:30 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।