शुक्रबार, साउन १, २०८३

नेप्से २.४१ अंक बढ्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–नेप्से परिसूचक २.४१ अंकले बढेर एक हजार २५८.८१ विन्दुमा पुगेको छ । नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक हरियो भएकोले नेप्से बढेको हो ।

‘क’ वर्गको कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स पनि ०.१६ अंक बढेर २६६.६० विन्दुमा पुगेको छ ।

मंगलबार १६९ कम्पनीको ५ हजार ८७७ कारोबारबाट १५ लाख ५९ हजार ४०२ पटक शेयर खरिद बिक्री हुदा ४६ करोड ६९ लाख ७२ हजार १९६ रुपैयाँको कारोबार भएको छ ।

ननलाईफ इस्योरेन्सको परिसूचक सबैभन्दा बढ्यो

नेप्से बजारमा आएका ११ समूहमध्ये सबैभन्दा बढी ननलाईफ इन्स्योरेन्स समूहको परिसूचक बढेको छ । उक्त समूहको परिसूचक ७३.९५ अंक बढेर छ हजार १३१.०३ बिन्दुमा पुगेको छ ।

विकास बैंक समूहको परिसूचक १.७१, हाइड्रो पावर समूहको परिसूचक ४२.१२, उत्पादनमुलक समूहको परिसूचक ८.१२, अन्यको २.४२, माइक्रोफाइनान्स समूहको ९.४५ र लाईफ इस्योरेन्स समूहको परिसूचक १९.६१ अंक बढेको छ ।

व्यापार समूहको परिसूचक स्थीर छ भने बैंकीङ, होटेल र फाइनान्स समूहको परिसूचक क्रमशः २.१३, २५.९३ र १.८५ अंक घटेकको छ ।   
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्