आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जबराविरुद्धको महाभियोग जीवितै रहेको सरकारका प्रवक्ताको टिप्पणी

जबराविरुद्धको महाभियोग जीवितै रहेको सरकारका प्रवक्ताको टिप्पणी

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले भने महाअभियोग जीवितै रहेको दाबी गरेका हुन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं– संसद् सचिवालयले सर्वोच्च अदालतका निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग प्रस्ताव निस्कृय भएको घोषणापछि सरकारले मुख खोलेको छ।

National life

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाभियोग जीवितै रहेको दाबी गरेका हुन्। यसबारे अब आउने संसदमा छलफल भएर एउटा निर्णयमा पुगिने उनको भनाइ छ।

बुधबार मात्र संघीय संसदका महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए। जबरा सर्वोच्च अदालत फर्किने तयारीमा छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने, ‘महाभियोग सार्वभौमसम्पन्न संसद्को सम्पत्ति हो। यसबारे आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छ।’

प्रकाशित: Dec 07, 2022| 15:33 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।