NadaNada
बिहीबार, भदौ ५, २०८२

धान खरिद प्रक्रिया अविलम्व अघि बढाउन माग

बुधबार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो।
 |  बुधबार, मंसिर २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

vianetvianet

काठमाडौं- नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्व किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकासँग माग गरेको छ। बुधबार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो। 

महासंघहरूले हिउँदे खेतीका लागि आवश्यक मलको तत्काल व्यवस्था गर्न पनि माग गरेका छन्। आफ्ना माग पूरा नभए देशभरका किसान परिचालन गरेर आन्दोलन गर्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन्। गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो। जसअनुसार मोटा धानको मूल्य २ हजार ९६७ र मध्यम धानको मूल्य ३ हजार १२८ रुपैयाँ रहेको छ। 

गत वर्षको भन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ र मध्यम धानमा २२६ रुपैयाँ वृद्धि गरेको भए पनि लागतमूल्य र मुद्रास्फितिका आधारमा सरकारले निर्धारण गरेको मूल्यले किसानलाई लाभ नपुग्ने महासंघहरूले जनाएका छन्। 

पत्रकार सम्मलेनमा बोल्दै नेपाल किसान महासंघका केन्द्रीय सदस्य आदर्श कार्कीले मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया शुरु नगरेकाले किसानहरू व्यपारीहरूलाइ सस्तो मूल्यमा धान बेच्न बाध्य भइरहेको बताए। उनले धान खरिदका लागि आवश्यक बजेट निकासा नगर्दा धान खरिद प्रक्रिया अघि बढ्न नसकेको बताए। उनले धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदको विषयमा चासो नदेखाएको बताए। 

सरकारले धान खरिदका लागि ल्याएको नीतिगत व्यवस्था किसानलाई झुक्याउन मात्रै ल्याएको आरोप लगाए। उनले आफ्नै घोषणा र प्रतिबद्धताअनुसार धान खरिद नगर्नु सरकारको असक्षमता रहेको बताए। 

Metro Mart

पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले अहिलेसम्म पनि धान खरिद प्रक्रिया अघि बढ्न नसक्नु किसानका लागि बिडम्वनाको विषय भएको बताए। उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नसक्ने स्थिति नरहेको बताए। उनले अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा धान खरिद प्रक्रिया अघि बढ्न नसकेको कुरा आएको भन्दै बजेट निकासा गरी तत्काल किसानसँग धान खरिद गर्नुपर्ने बताए। उनले करिव १० लाख मेट्रिक्टन धान खरिद गर्ने तागत सरकारले राख्नुपर्ने बताए। उनले धान राख्ने गोदाम नहुनु र बजेटको अभावका कारण धान खरिद गर्न नसेकेको भन्दै सधैँ बजेट अभाव भयो भनेर सरकार पन्छिन नमिल्ने बताए। 

महासंघहरूले आगामी दिनमा किसानका माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि चेतावनी दिएका छन्। आम किसानलाई संघर्षमा उत्रिनका लागि आह्वान गर्दै देशव्यापी किसान महासंघका संगठन परिचालन गर्ने, प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, उद्योगमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका मुलुकभरका शाखा कार्यालय तथा डिपोहरूमा मंसिर २५ गते धर्ना दिने र तालाबन्दी गर्ने, देशभर विभिन्न जिल्ला र स्थानीयस्तरमा किसान प्रदर्शन, र्‍याली तथा सभाहरू आयोजना गर्ने, निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद गर्ने प्रक्रिया शुरु नगरे दोस्रो चरणका संघर्षका कार्यक्रमहरू सञ्चालन गर्ने महासंघहरूको चेतावनी छ। 

प्रकाशित: Dec 07, 2022| 14:56 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।